कमलादी नक्कली सुन प्रकरणः जाली नोट कारोबारीअन्सारी बाराबाट पक्राउ


२९ श्रावण २०७७, बिहीबार ११:३४ मा प्रकाशित

काठमाडौं । प्रहरीले नक्कली नोट कारोबारी इल्ताफ हुसेन अन्सारीलाई बाराबाट पक्राउ गरेको छ ।

१५ किलो सुनचाँदी प्रकरणमासमेत मुछिएका अन्सारीलाई बाराको निजगढबाट पक्राउ गरिएको प्रदेश नम्बर २ का प्रहरी प्रमुख, डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए ।

‘अन्सारीलाई आज बिहान निजगढबाट जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको हो,’ सिंहले भने, ‘अनुसन्धान जारी रहेकाले विस्तृत विवरण पछि खुलाउँछौँ ।’

गत साउन १३ गते प्रहरीले कमलादीमा फेला पारेको १५ किलो नक्कली सुन प्रकरणमा हुसेनलाई प्रहरीले बाराको निजगढबाट पक्राउ गरेको हो ।

युनुस अन्सारीसंग साझेदारी गरेका हुसेन २०७२ जेठ ३० गते भारतीय नक्कली नोटको कारोबारमा ललितपुरबाट पक्राउ परेका थिए।

जिल्ला अदालत ललिपुरले जाली नोट कारोबारमा दोषी ठहर गर्दै २०६७ जेठमा तीन वर्ष कैद र २ करोड ६१ लाख रुपैंया विगो जरिवाना गराएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here