आज सुनको मूल्य तोलामा २४०० बढ्यो


२९ श्रावण २०७७, बिहीबार ११:२१ मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा आज फेरि सुनको मूल्य बढेको छ । बुधबारसम्म घटिरहेको सुनको मूल्य आज फेरि तोलामा २ हजार ४ सय रुपैयाले बढेको हो ।

बुधबार प्रतितोला ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा २ हजार ४ सय रुपैयाले बढेर प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ । त्यसैगरी आज चाँदीको मूल्य पनि बढेर तोलाको १ हजार २ सय ९५ रुपैयाँमा पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here