देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८० पुग्यो : धनुषामा उपचाररत कोरोना संक्रमित एक पुरुषको मृत्यु


२७ श्रावण २०७७, मंगलवार ११:१३ मा प्रकाशित

धनुषा । प्रादेशिक अस्पताल जनकपुरधाममा उपचाररत कोरोना संक्रमित ६० वर्षे पुरुषको मृत्यु भएको छ । आईसीयूमा उपचाररत विदेह नगरपालिका–८ का उनको गएराति मृत्यु भएको हो ।

उनको उपचारकै क्रममा मृत्यु भएको जानकारी आएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

१८ दिन अघि अस्पताल भर्ना भएका उनको आईसीयूमा राखेर उपचार भइरहेको थियो। क्षयरोग पीडित उनको उपचारकै क्रममा गएराति मृत्यु भएको कोभिड–१९ अस्पतालका संयोजक डा. जामुनप्रसाद सिंहले जानकारी दिए ।

कुनै ट्राभल हिस्ट्री नभएका उनमा कोरोना संक्रमण पुष्टि भएपछि धनुषामा कोरोना समूदायस्तरमै फैलिएको अनुमान गर्न सकिने प्रजिअ भट्टराईले बताए ।

योसँगै धनुषामा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ। त्यस्तै, देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८० पुगेको छ। उनको मृत्युको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने आधिकारिक पुष्टि गर्न बाँकी छ ।

मृतकको शव अस्पताल मै राखिएको छ । सुरक्षाकर्मीको टोलीले शवको व्यवस्थापन गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here