सिन्धुपाल्चोकका दुई छुट्टाछुट्टै स्थानमा पहिरो, ७ जनाको मृत्यु, ३ जना बेपत्ता


१९ श्रावण २०७७, सोमबार १०:५६ मा प्रकाशित

सिन्धुपाल्चोक।  सिन्धुपाल्चोकका दुई छुट्टाछुट्टै स्थानमा पहिरोमा पुरिएर ७ जनाको मृत्यु भएको छ। ३ जना बेपत्ता छन्।

मेलम्ची नगरपालिका–११ मा गएराति पहिरोमा पुरिएर बेपत्ता भएका ८ जनामध्ये ५ जनाको शव निकालिएको छ। ३ जना अझै हराइरहेका छन्। कर्भडल निर्माणमा खटिएका कामदार बसेको घर गएराति पहिरोले पुर्दा ९ जना बेपत्ता भएका थिए। एकजनाको जिवितै उद्दार गरिएको र पाँच जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिए। बेपत्ता भएकाहरुको प्रहरी, सेना र स्थानीयले खोजी गरिरहेका छन्।

वीरगञ्जका ४२ वर्षीय राजेन्द्र चौरसिया, ३५ वर्षीय प्रदिप चौरसिया, २५ वर्षीय विक्रम थिङ, २३ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शिव बालक धामी, १७ वर्षीय सोनाम लामा र भारतीय नागरिक राजेन्द्र चौधरी पहिरोमा पुरिएका हुन् ।

भारतिय नागरिक बारु साहको जिवितै उद्दार गरि अहिले मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। यसैबीच, सिन्धुपाल्चोककै पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर २ बरुवामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ। राति सुतिरहेका बेला आएको पहिरोले घर पुर्दा ४८ वर्षीय यज्ञबहादुर क्षेत्री र उनकी श्रीमती लक्ष्मीको मृत्यु भएको गाउँपालकिा अध्यक्ष टासी लामाले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here