विराटनगर महानगरपालिकाद्वारा १४ दिन लामो लकडाउन घोषणा


१६ श्रावण २०७७, शुक्रबार १६:११ मा प्रकाशित

मोरङ । कोरोना संक्रमण समुदाय तहसम्म पुगेपछि मोरङको विराटनगर महानगरपालिकाले १४ दिन लामो लकडाउन घोषणा गरेको छ ।

विराटनगर महानगरपालिका क्षेत्रमा भोलि शनिबारदेखि लकडाउन गरिने भएको हो । कोरोना भाइरस संक्रमितको संख्या तीव्र गतिमा बढ्दै गएपछि महानगरपालिका क्षेत्रमा १४ दिनका लागि लकडाउन गर्ने निर्णय गरिएको हो । जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले १४ दिन लामो लकडाउन गर्ने निर्णय गरेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव खड्काले जानकारी दिएका छन् । ‘कोरोना तीव्र गतिमा फैलिँदै गएको छ । त्यसलाई रोक्न यो कदम उठाउनु परेको हो’, सहायक प्रजिअ खड्काले भने, ‘यस अवधिमा घरबाहिर निस्किनेलाई पक्राउ गरेर कारवाही गरिनेछ ।’

विराटनगरस्थित प्रदेश प्रहरी कार्यालय, विराट अस्पताल, कोसी अस्पतालसहितका दर्जनौं कोरोना संक्रमित भेटिएका छन् । यसलाई फैलिन रोक्नका लागि लकडाउन घोषणा गरिएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here