पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु


१६ श्रावण २०७७, शुक्रबार १४:४० मा प्रकाशित

काठमाडौं । पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । आइसियूमा उपचाररत उनको शुक्रबार बिहान ९ मृत्यु भएको हो ।

गत साउन ६ गते उनलाई अस्पताल भर्ना गरिएको थियो । मृतक महिला ललितपुर थसिखेलकी बासिन्दा हुन् । उनी केही दिन अघि बीरगञ्जबाट आएकी थिइन् ।

स्टार अस्पतालमा चेकजाँच गर्दा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई पाटन अस्पताल भर्ना गरिएको थियो ।

उनमा निमोनियाको समस्या थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ। स्वास्थ्य मन्त्रालयले भने यसको आधिकारिक पुष्टि गरेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here