विर्तामोड । झापामा अब दैनिक उपभोग्य सामान अनलाइनबाटै खरिद गर्न सकिने भएको छ ।
विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाईरसको संक्रमणबाट वच्न सार्वजनिक स्थलमा किनमेल तथा हिँडडुलमा उपभोक्ताहरूलाई असहज भैरहेका बेला विर्तामोडमा www.onlinedhoka.com (अनलाईन ढोका) सञ्चालनमा ल्याईएको हो ।
उपभोक्तालाई चाहिने सामान घरमै पुर्याउने योजनाकासाथ अनलाइन ढोका सञ्चालनमा ल्याएको युवा व्यवसायी अमर श्रेष्ठले बताउनुु भयो ।कोरोना भाईरसको त्रासकाकारण हाल पसलहरू कम खुल्ने र खोलिएको पसलमा समेत ग्राहकको अत्याधिक भिडहुँदा जोखिम धेरै हुने गरेको छ ।
युवा व्यवसायी अमर श्रेष्ठ र रोशन श्रेष्ठको संयुक्त लगानिमा सञ्चालनमा आएको अनलाइन ढोकामा दैनिक उपभोग्य सामग्री खाद्यान्न,कपडा,फुटवेयर,स्पोर्ट्सवेयर,जीमको सप्लिमेन्ट,घरायसी सामग्री,स्वास्थ्य सौन्दर्य,इलेक्ट्रोनिक्स लगायतका सामाग्रीहरु प्राप्त हुने जनाईएको छ ।





