काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्तावमा फरक मत राख्ने भएको छ ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा यसबारे आइतबार छलफल हुँदैछ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले यो प्रस्तावमा समर्थन गरेको छ र समितिमा उसको बहुमत भएकाले सहजै निर्णय हुन सक्छ।
आइतबार बिहान बसेको कांग्रेस नेताहरूको बैठकले अंगीकृत नागरिकताबारे अहिलेकै व्यवस्था कायम राख्नुपर्नेमा जोड दिएको छ । ‘यदि बहुमतबाट निर्णय गर्न खोजियो भने हामी फरक मत राख्छौं’ बैठकमा सहभागी एक नेताले भने ।





