थप २७३ जनामा कोरोना संक्रमण पुष्टि


३१ जेष्ठ २०७७, शनिबार १६:३९ मा प्रकाशित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा आज शनिबार २७३ जना कोरोना संक्रमित थपिएका छन्।

यससँगै नेपालमा नेपालमा कुल संक्रमितको ५ हजार ३३५  पुगेको छ। यसमध्ये २४७ जना पुरुष छन् भने बाँकी ३६ जना महिला छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणकै कारण नेपालमा मृत्यु हुनेको संख्या १८ पुगेको छ। त्यस्तै, डिस्चार्ज हुनेको संख्या ९१३ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here