काठमाडौं । सरकारले लडकाउन खुकुलो पार्ने बताएको छ। साथै सबै सरकारी कार्यालय दुई सिफ्टमा संचालन गर्ने निर्णय पनि गरेको छ।
मन्त्रिपरिषद बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता अर्थमन्त्री डा युवराज खतिवडाले यसबारे जानकारी दिएका हुन्। उनका अनुसार पहिलो सिफ्ट ८ देखि १ बजेसम्म हुनेछ भने दोस्रो सिफ्टमा १ देखि ६ बजेससम्म संचालन गर्न समेत सरकारले निर्णय गरेको छ।
यस्तैगरी डिपार्टमेन्ट स्टोर खुला गर्ने तर सपिङ मल खुला नगर्ने निर्णय गरेको छ। डिपार्टमेन्ट स्टोरबाट आधारभूत आवश्यकताका सेवा प्रवाह हुने भएकाले खोल्ने निर्णय गरिएको प्रवक्ता डा खतिवडाले जानकारी दिए। भिडभाड नियन्त्रण गर्न पहिलो चरणमा सपिङ मल खुला नगर्ने निर्णय गरेको सरकारले बताएको छ।
उनका अनुसार मोटरसाइकलमा १ जना मात्र बस्न मिल्ने गरी संचालन गर्न अनुमति दिइएको छ। भने साइकल र पैदल यात्रा समेत खुला गरिएको जानकारी मन्त्री खतिवडाले जानकारी दिए।





