काठमाडौं । कुबेतमा अलपत्र नेपाली काठमाडौं आइपुगेका छन् । कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका उनीहरुलाई आज नेपाल ल्याइएको हो ।
उनीहरु केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका छन् । अब उनीहरुलाई प्रदेश अनुसार होल्डिङ सेन्टरमा राखिने छ । कुवेत सरकारको पहल र सहयोगमा त्यहाँ अलपत्र नेपालीलाई ल्याइएको हो ।
आजको पहिलो उडानबाट १६१ जनालाई नेपाल ल्याइएको छ । कुबेतबाट आजै अरु थप नेपालीलाई ल्याइनेछ । बाँकी नेपालीलाई लिएर आजै २ बजेपछि अर्को जहाज आउने त्रिभुवन विमानस्थलले जनाएको छ । दोस्रो उडानमार्फत १४० जना नेपालीलाई ल्याइनेछ।
यसअघि म्यानमार र यूएईमा रहेका नेपालीलाई स्वदेश फर्काइएको थियो ।





