झापादेखि चारसय बढी नेपालीलाई सम्बन्धित जिल्लामा पठाइयोे


८ जेष्ठ २०७७, बिहीबार २१:५६ मा प्रकाशित

मेचीनगर । झापा जिल्लाको विभिन्न क्वारेन्टाइन र होल्डिङ सेन्टरमा राखिएका नेपालका विभिन्न जिल्लाका चारसय बढी नेपालीलाई विहीबार सम्बन्धित जिल्लामा पठाइएको छ ।

समाचार स्रोतका अनुसार दाङ, कैलाली, सुर्खेत पोखरा गुल्मी दोलखाका करीव चारसय जना नेपालीलाई सम्बन्धित जिल्लामा पठाइएको हो ।नोवल कोरोना भाइरस कोभिड १९ का कारण जारी लकडाउनले भारतीय सीमा क्षेत्रमा अलपत्र अवस्थामा रहेका झण्डै ६ सय नेपालीलाई बुधबार उद्धार गरी नेपाल फर्काएर झापाका विभिन्न क्वारेन्टाइन र होल्डिङ सेन्टरमा राखिएको थियो ।

नेपाल भारत सीमा क्षेत्रमा आएर अलपत्र परेका सम्बन्धित जिल्ला र पालिकाहरुले आफ्ना नागरिकलाई सुरक्षितरुपमा क्वारेन्टाइनमा राख्ने बताएपछि र उनीहरुको आग्रहमा झापाबाट सवारी साधनको व्यवस्थापन गरी सम्बन्धित जिल्लामा पठाइएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिनुभयो । ‘जो जो जुन जिल्ला र पालिकाका हुनुहुन्थयो उहाँहरुलाई ती जिल्ला र पालिकाले सुरक्षितरुपमा क्वाररेन्टाइनमा राख्ने भनेर पठाउन आग्रह गरेपछि झापाबाट हामीले पठाएको हौें ’प्रमुख जिल्ला अधिकारी राना मगरले भन्नुभयो—‘त्यही भएर झापा जिल्लाले उहाँहरुलाई पठाएको हो ।’
यातायातको व्यवस्थापनको जिम्मा पाएको मेची बस यातायात प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठकन अनुसार एघार वटा बस गन्तव्यतर्फ लागेका छन् । उहाँका अनुसार एउटा बसमा सरदर ३७ जनाका दरले ११ वटा बसमा चारसय ७ जना मानिस आ आफ्नो जिल्ला हिडेका छन् । बसमा लाग्ने भाडा सम्बन्धित व्यक्तिले नै व्यहोर्नुपर्ने शर्तमा बस उनीहरुलाई लिएर हिडेका हुन ।

लु २ ख ४४१४ नम्बरको यात्रुवहाक बस दाङतर्फ हिडेको छ भने ना ५ ख ११०४ र ना ७ ख ९३८ नम्बरका दुईवटा बस कैलालीतर्फ हिडेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । यसैगरी मे १ ख ३१४८ र मे १ ख २६०० नम्बरका बस सुर्खेत , मे १ ख २३२२ नम्बररको यात्रुवहाक बस पोखरा, बा ४ ख ३३७७ नम्बरको बस गुल्मी तथा मे १ ख २१५५, ना ६ ख ७७३६र र प्र.न.१—०१—३४५५ नम्बरका बस दोलखाकालागि छुटेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । पूर्वीनाकाबाट नेपाली ओसोर्न मंगलबार र बुधबार पौरवी यातायात एण्ड अटो प्रालिका को १ ख ७८३९ र बा ५ ख ४४९१ को १ ख ७८३५ नम्बरको बस प्रयोग गरिएको थियो ।

मंगलबार साँझ र बुधबार दिनभरी नाकामा अलपत्र परेका नेपालीलाई नेपाल ल्याइएको भएपनि विहीबार भने यो क्रम रोकियो । समाचार स्रोतका अनुसार नेपाल ल्याएर राखिएकाहरुलाई उचित व्यवस्थापन गरेर मात्र ल्याइने भनेर विहीबार यो क्रम स्थगित भएको हो । काँकरभिट्टा माध्यमिक विद्यालय होल्डिङ सेन्टर राखएका ३० जनालाई तारावारी लगिएको छ । भारतबाट ल्याइएका नेपालीहरुलाई होल्डिङ सेन्टरमा राखेर स्वास्थ्य परीक्षण गरिने र कोरोना नभएको निश्चित गरेर मात्र उनीहरुको घर पठाइने यसअघि झापाका प्रमुख जिल्ला अधिकारी राना मगरले बताउनु भएको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here