काठमाडौं । विहीबार साँझ नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा दाङका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमित व्यक्ति दाङको घोराही–३ का ३७ वर्षीया पुरुष हुन् । उनी भारतबाट आएको क्वारेन्टाइनमा रहेका व्यक्ति भएको सहप्रवक्ता अधिकारीले बताए ।





