कालिगण्डकीमा डुबेर बेपत्ता भएका दुई बालकको शव ४ दिनपछि फेला


८ जेष्ठ २०७७, बिहीबार १०:३३ मा प्रकाशित

पाल्पा । पाल्पामा कालिगण्डकी नदीमा डुबेर बेपत्ता भएका दुई बालकको शव फेला परेको छ।

रामपुर नगरपालिका–१० सिकोडाँडाका १० वर्षीय सुनिल भट्टराई र सोही उमेरका समिर चापागाईको शव फेला परेको हो। यहि जेठ ४ गते दिउँसो एक बजे पौडी खेल्नेक्रममा उनीहरू रामपुर नगरपालिका–१० मलौटेस्थित कालिगण्डकीमा बेपत्ता भएका थिए।

खोजी गर्नेक्रममा ४ दिनपछि उनीहरूको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए। दुवैजनाको शव केलादीस्थित नदी किनारमा फेला परेको उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here