थप २५ जना कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ४२७ पुग्यो


७ जेष्ठ २०७७, बुधबार १६:४८ मा प्रकाशित

काठमाडौं । नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

डा. देवकोटाका अनुसार ७ जना महिला र १८ जना पुरुष रहेका छन् । डा. देवकोटाका अनुसार बाँकेमा ६ जना पुरुषहरु रहेका छन् । उनीहरु नरैनापुरका क्रमश १७ ,२०,२८,३०,४० वर्षका र खजुराका २७ वर्षीया पुरुष रहेका छन् ।

यस्तै धनकुटामा पाँच जना नयाँ संक्रमित रहेका छन् । उनीहरु २८,२९,३५ र ३७ वर्षका पुरुष र एकजना २४ वर्षीया महिला रहेका छन् । यस्तै कपिलवस्तुमा १३ जना थप संक्रमित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here