काठमाडाैं । सरकारले आज लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा सार्वजनिक गर्ने भएको छ।
गत सोमबार मन्त्रिपरिषदको बैठकबाट पारित भएको उक्त अद्यावधिक नक्सा आज सार्वजनिक गर्न लागिएको भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री पद्य्मा अर्यालले आफ्नो फेसबुकमार्फत जानकारी दिइन्।
उक्त नक्सा आज दिउँसो सवा दुई बजे नेपाल टेलिभिजनबाट सार्वजनिक गर्ने तयारी भएको उनले जानकारी दिइन्।






