पर्सा । कोरोना संक्रमणको केन्द्र बनेको पर्सामा थ्रोट स्वाव संकलन सुस्ताएको छ। पर्सामा प्राप्त पिसिआर किट तथा स्वाब संकलन गर्ने सामग्री सकिएको नारायणी अस्पतालले जनाएको छ।
पिसिआर किट तथा स्वास्थ्य सामग्री नै नभएपछि संक्रमितको सम्पर्कमा आएका अन्य व्यक्तिको थ्रोट स्वाब संकलन प्रभावित भएको छ। स्थानीय सरकार, प्रमुखदेखि प्रदेश र केन्द्र सरकारका जिम्मेवार निकाय र व्यक्तिलाई पटक–पटक पिसिआर किटलगायतको स्वास्थ्य सामग्री सकिन थालेको भन्दा समेत अभाव खट्किएको नारायणी अस्पतालका चिकित्सकले जनाएका छन्।





