भिरबाट लडेर २ जनाको मृत्यु


११ बैशाख २०७७, बिहीबार १६:०४ मा प्रकाशित

काठमाडौं । सुदूरपश्चिम प्रदेशको बझाङ र बागमती प्रदेशको रामेछाप जिल्लामा गरी भिरबाट लडेर २ जनाको मृत्यु भएको छ ।

बझाङको केदारस्युँ गाउँपालिका–९ ज्याडा बस्ने निर्मल बोहराको १४ वर्षीय छोरा सुकम बोहराको भिरबाट लडेर बुधबार दिउँसो मृत्यु भएको छ ।

आफ्नै घर नजिकैको भिरबाट करिब २ सय मिटर तल खसेर गम्भीर घाइते भएका सुकमको उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र देउरा (रायल) तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस्तै, रामेछापको लिखु तामाकोशी गाउँपालिका–२ सैपु बस्ने ६२ वर्षीया हर्कमाँया भुजेलको बुधबार राति भिरबाट लडेर मृत्यु भएको छ ।

सोही ठाउँस्थित तारुके सल्लेनी सामुदायिक वनको भिरमा घाँस काट्ने क्रममा अचानक भिरबाट करिब ५ सय मिटर तल लडेर उनको मृत्यु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here