लकडाउन कार्यान्वयन गर्न खटिएका प्रहरी हवल्दारको मृत्यु


७ बैशाख २०७७, आईतवार १४:०५ मा प्रकाशित

सोलुखुम्बु । लकडाउन कार्यान्वनयनका लागि ड्युटीमा खटिएका एकजना प्रहरी हवल्दारको मृत्यु भएको छ ।

सोलुखुम्बुको दोर्पुस्थित अस्थायी प्रहरी चौकीका इञ्चार्ज प्रहरी हवल्दार देवीप्रसाद भट्टराईको आइतबार बिहान करीब ३ बजे काममा खटिएकै बेला मृत्यु भएको सोलुखुम्बु प्रहरी प्रमुख टेकुनन्दइवा लिम्बूले जानकारी दिए ।

लिम्बूका अनुसार काममै रहेका बेला शनिबार राति १२ बजे अत्याधिक पेट दुखेपछि उनलाई जिल्ला अस्पताल फाप्लु उपचारका लागि लगिएको थियो । अस्पताल पुर्‍याउने बेला बेहोश अवस्थामा रहेका उनको उपचारका क्रममा मृत्यु भएको हो ।

भोजपुर घर भई हाल सुनसरीमा बस्दै आएका ३८ वर्षीय भट्टराईका श्रीमती तथा दुई छोरा र एक छोरी छन् । अहिले उनको शव घर पठाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक लिम्बूले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here