तेह्रथुमका थप दुई जनामा आरडीटी परीक्षण पोजेटिभ


७ बैशाख २०७७, आईतवार १३:०८ मा प्रकाशित

तेह्रथुम । तेह्रथुमका थप दुई जनामा र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण गर्दा पोजेटिभ देखिएको छ ।

आज गरीएको परीक्षणमा उनीहरुलाई कोरोना भाइरसको एन्टिबडी पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय तेह्रथुमका प्रमुख योगराज घिमिरेले जानकारी दिए । कोरोना भाइरसको एन्टिबडी पोजिटिभ देखिएकाको सख्या जिल्लामा तीन पुगेको छ ।

उनीहरु एकै परिवारका हुन् । यसअघि हिजो गरिएको परीक्षणमा २८ वर्षीय युवाको रिपोर्ट पाजिटिभ देखिएको थियो । मेन्छयायेम गाउँपालिकाका उनीहरु एक युवा, एक महिला र एक पुरुष छन् । शुक्रबार र शनिबार भएको परीक्षणका क्रममा उनीहरु तीनै जनाको आरडीटी नतिजा पोजिटिभ देखिएको स्वास्थ्य प्रमुख घिमिरेले जानकारी दिए ।

जिल्ला स्वास्थ्य कार्यालय र गाउँपालिकाका स्वास्थ्यकर्मीको संयुक्त टोलीले गाउँपालिकाभित्र होम क्वारेन्टाइन र क्वारेन्टाइनमा बसेकाहरुको आरडीटी परीक्षण गरेको थियो ।

उनीहरु तीनै जनालाई म्याग्लुङमा रहेको जिल्ला स्वास्थ्य कार्यालयमा ल्याएर पुनः परीक्षण गरिएको थियो । पुनः परीक्षणका क्रममा तीनै जनामा एन्टिबडी नतिजा पोजेटिभ देखिएको हो ।

पहिलो चरणमा शंकास्पद १५ जनामा परीक्षणम गरिएकोमा अन्यको नेगेटिभ रिपोर्ट आएको स्वास्थ्यकर्मीको भनाइ छ । यी तीन जनासहित अन्य १० जनाको स्वाब परीक्षणको लागि कोसी अञ्चल अस्पताल विराटनगर पठाइएको स्वास्थ्य प्रमुख घिमिरेले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here