लागु औषध र्दुव्र्यसनिहरुको अखडा बन्दै शिवगञ्ज बहुमुखी क्याम्पसको निर्माणाधिन भवन


६ माघ २०७६, सोमबार १९:२५ मा प्रकाशित

झापा । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ शिवञ्जमा रहेको शिवगञ्ज बहुमुखी क्याम्पसको भवनको निमार्णकार्य वर्षौदेखि अलपत्र परेपछि लागु औषध तथा दुव्र्यसनिहरुको अखडा बनेको छ ।

क्याम्पसको आफ्नो धनिपुर्जा भएको जमिन नभएमा अनुदान नदिइने भन्दै रोकीए पछी निर्माण अलपत्र परेको हो । शैक्षिक सुधारका निम्ती निर्माण शुरु गरीएको भवन वषौँ देखि अलपत्र परेपछी अहिले लागु औषध तथा दुव्र्यसनिहरुको अखडा बनेको स्थानिय बताउँछन् ।

२०७०/७१ सालमा विश्व विद्यालय अनुदान आयोगले क्याम्पसको भवन निर्माणका लागी २५ लाख रुपैँया रकम दिएको थियो । कार्यालय सहितको लाईब्रेरी र कक्षा कोठा सञ्चालन गर्न ४ कोठे भवन निर्माणका लागी ६३ लाख ६९ हजार रुपैँयामा निर्माण कार्य सम्पन्न गर्ने गरी कुल लागतको स्टुमेट तयार पारिएको थियो । तर निति परीर्वतन भएकोले क्याम्पसको आफ्नो धनिपुर्जा भएको जमिन नभएमा अनुदान नदिइने भन्दै अनुदान रोकीए पछी क्याम्पस आधा निर्माणमै अलपत्र परेको हो ।

जनआदर्श माध्यमीक विद्यालयको १८ कठ्ठा जमिन क्याम्पस सञ्चालनको लागी भोगआधिकारको लागी प्रदान गरीएको छ । सोही अनुरुप क्याम्पसको भवन निर्माण कार्य सुरु गरीएको थियो । अधुरो भवन निर्माणको क्रममा हाल सम्म विश्व विद्यालय अनुदान आयोगले प्रदान गरेको २५ लाख, स्थानीय शिवसताक्षी नगरपालिकाको २ लाख ५० हजार र क्याम्पसको ५ लाख ५० हजार गरी ३३ लाख रुपैँया खर्च भईसकेको छ ।

स्थापनाकाल देखीनै विद्यालयको भौतीक संरचनामा आश्रीत रहेको क्याम्पसमा दक्षीणी भेगका विपन्न वर्गका विद्यार्थीहरु अधिक मात्रामा पठनपाठन गर्ने गरेका छन् । क्याम्पस सञ्चालन समिति आफैं बारम्बार विभिन्न सरोकारवाला निकायमा जाँदा समेत नियममा स्पष्ट उल्लेख नगरीएको भन्दै फिर्ता पठाउने गरेको क्याम्पस संचालक समितिका अध्यक्ष अमृत कटुवालको गुनासो छ ।

२०६६ सालमा स्थापना भएर हाल सम्म कैयौं शिक्षीत जनशक्ती निर्माण गरेको शिवगञ्ज बहुमुखी क्याम्पस अहिले आफ्नै बास स्थान खोजीमा रहेको छ । नगरको दक्षीणी भेगका विपन्न विद्यार्थीहरुका लागी उच्च शिक्षा लिने थलोको रुपमा रहेको क्याम्पसको भवन अभाव हुनुले विद्यार्थीहरुको पठनपाठनमा समस्या पैदा भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here