ए डिभिजन लिगः आज मछिन्द्र र जावलाखेल तथा मनाङ र हिमालयन भिड्दै


२६ पुष २०७६, शनिबार ११:१२ मा प्रकाशित

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आज (शनिबार) दुई खेल हुदैछ ।

पहिलो खेलमा मछिन्द्र र जावलाखेल तथा दोस्रो खेलमा मनाङ र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ । लिगको अपराजित टिम मछिन्द्र र जावलाखेल मध्यान्न १२ बजे भिड्नेछन् ।

दोस्रो खेलमा मनाङ र शेर्पा क्लब दिउँसो ३ बजे प्रतिस्पर्धामा उत्रनेछन् । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । मंगलबारको झडपमा संलग्न खेलाडी कारबाहीमा परेपछि मछिन्द्र र मनाङ समस्यामा छन् । तर दुवै टिमलाई जित निकाल्दै लिग तालिकाको शीर्ष स्थानमा उक्लिने अवसर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here