धनुषामा फेरी शंकास्पद बस्तु फेला


७ पुष २०७६, सोमबार ०९:४५ मा प्रकाशित

धनुषाको जनकपुरधाम उपमहानगरपालिका ४ शुक्रबारे बजार अगाडीको सडकमा शंकास्पद बस्तु फेला परेको छ । शंकास्पद बस्तु फेला परेकोले प्रहरीले विहानैदेखि सडक ठप्प पारेर आवतजावत अवरूद्ध पारेको छ ।

सडकको बिचमै फेला परेको कालो झोलामा बम हुनसक्ने प्रहरीको अनुमान छ । शंकास्पद बस्तु यकिन गर्न नेपाली सेनाको टोली घटनास्थलमा पुगेको छ ।

धनुषाको महेन्द्रनगरमा मंसिर २७ गते शक्तिशाली बम बिष्फोट हुँदा तीन जनाको ज्यान गएदेखि श्रृंखलाबद्ध रूपमा शंकास्पद बस्तु भेटिन थालेको छ । यसअघि चार ठाउँमा फेला परेको शंकास्पद बस्तु बम रहेको पुष्टि भएका छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here