ट्याक्टरको ठक्करबाट छात्राको मृत्युपछि विद्यार्थी आन्दोलित


३ पुष २०७६, बिहीबार १५:३६ मा प्रकाशित

दाङ । तुलसीपुरमा बिहीबार बिहान एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु भएपछि विद्यार्थी विरोधमा सडकमा उत्रिएका छन् ।

तुलसी आवासीय माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी १३ वर्षीया विजिता केसीको ट्याक्टरको ठक्करबाट निधन भएको थियो । त्यसैको विरोधमा सोही विद्यालयका विद्यार्थीले सडकमा टायर बालेर तुलसीपुर सल्यानरोड सडक(खण्ड अवरुद्ध पारेका छन् । विद्यार्थीले दोषीमाथि हदैसम्मको कार्वाही र पीडितलाई उचित न्यायको माग गदै विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले सल्यानरोडअन्तर्गत गोदामघरनजिक, वीरेन्द्रचोक, बिपी चोकमा टायर बालेर सडक अवरुद्ध पारेका छन् ।

सल्यानरोड सडकखण्ड अन्तर्गत रा. १ त १४३५ नम्बरको ट्याक्टरले गोदामघरनजिकै ती बालिकालाई ठक्कर दिएको प्रहरीले जनाएको छ । यस्तै, सोही ट्याक्टरको ठक्करबाट अर्की एक विद्यार्थी पनि घाइते भएकी छिन् । राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचार हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here