काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाभियोग लागेको छ ।
ट्रम्प अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट महाभियोग लगाइएका तेस्रो अमेरिकी राष्ट्रपति बनेका छन् । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट महाभियोग लागेपछि अब ट्रम्प राष्ट्रपति रहने वा नरहने भन्ने बहस शुरु भएको छ । अहिलेकै अवस्थामा ट्रम्पको राष्ट्रपति पद गुम्ने छैन् । अब त्यो मुद्दा माथिल्लो सदन सिनेट प्रवेश गर्नेछ ।
माथिल्लो सदन सिनेटले पनि ट्रम्पविरुद्ध महाभियोग लगाए उनको राष्ट्रपति पद गुम्ने छ । माथिल्लो सदनमा ट्रम्पको पक्षमा मत आउने छ । जानकारहरुका अनुसार यदी २० रिपब्लिकन मत ट्रम्पको विपक्षमा गए उनी राष्ट्रपतिबाटै हट्नुपर्ने अवस्था आउने छ । तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले ट्रम्पले आफ्नो शक्तिको दुरुपयोग गरे भन्ने आरोपको पक्षमा मतदान गरेको छ ।
मतदान हुँदा महाभियोग लगाउने पक्षमा २३० मत परेको थियो भने विपक्षमा १९७ मत परेको थियो । अमेरिकाको ४५ औं राष्ट्रपति बनेका ट्रम्प महाभियोग लाग्ने तेस्रो राष्ट्रपति हुन् । यसअघि सन् १८६८ मा लिन्डन बी जोनसन र १९९८ बिल क्लिन्टनमाथि महाभियोग थालेको थियो । यी दुवै राष्ट्रपतिले आफ्नो कुर्सी जोगाएका थिए । त्यस्तै रिचर्ड निक्सनले भने महाभियोग भन्दा अघि नै राजीनामा दिएका थिए ।





