सरकारले उपचारमा सहयोग नगरेको भन्दै मृगौला पीडितहरुद्वारा धर्ना


२ पुष २०७६, बुधबार १४:०० मा प्रकाशित

काठमाडौं । सरकारले उपचारमा सहयोग नगरेको भन्दै मृगौला पीडितहरुले प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएक छ्न ।

आफूहरुका माग पूरा गर्न सरकार उदासीन रहेको भन्दै उनीहरुले आज(बुधबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा धर्न दिएका हुन् । मृगौलापीडित सरोकार समाजको अगुवाइमा उनीहरुले मृगौलापीडितलाई सरकारले दिँदै आएको सुविधा कटौति गरेको भन्दै त्यसको बिरोधमा धर्ना दिएका हुन् ।

प्रधानमन्त्रीको उपचार राज्यले गर्छ, मृगौलापीडितको उपचार कस्ले गर्छ ? भन्दै उनीहरुले मृगौलापीडितको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेका छन् । सरकारी अस्पतालमा डायलाईसिस गर्नका लागि असुविधा भएको, अस्पताल अनुसार फरक–फरक शुल्क लाग्ने गरेको भन्दै उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

मृगौला पीडितहरुलाई सरकारले प्रतिमहिना दिदै आएको पाँच हजार रुपैंयाँ औषधि खर्चसमेत सरकारले कटौती गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here