प्रधानमन्त्री ओली आज साँझ वा भोलिसम्मा डिस्चार्ज हुने


१९ मंसिर २०७६, बिहीबार १३:१४ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ वा भोलिसम्मा डिस्चार्ज हुने भएका छन् ।

प्रधानमन्त्री ओली १० दिनदेखि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारत छन् । ओलीको स्वास्थ्य अवस्था अपेक्षाअनुरूप सुधार भइरहेमा बिहीबार साँझ वा शुक्रबारसम्ममा डिस्चार्ज गर्ने सम्भावना रहेको चिकित्सकले बताएका छन् । प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सक डा अरुण सायमीका अनुसार प्रधानमन्त्रीको रगतलगायत विभिन्न परीक्षणको पछिल्लो रिपोर्ट आउन बाँकी छ । रिपोर्ट हेरेर ओलीलाई आज साँझ वा भोलिसम्म डिस्चार्ज गरिने भएको हो ।

बिहीबार बिहान चिकित्सकहरुको बैठक बसी अहिलेजस्तै स्वास्थ्य सुधार भइरहेको खण्डमा साँझसम्म डिस्चार्ज दिन सकिने बैठकले निष्कर्ष निकालेको हो । यही गतिमा स्वास्थ्यमा सुधार भयो र नयाँ समस्या देखिएन भने आजै साँझसम्म वा भोलिसम्ममा प्रधानमन्त्री बालुवाटार फर्किन सक्ने चिकित्सकहरूले बताएका छन् । यही मंसिर १० गते प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here