काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालका कप्तान ज्ञानेन्द्र मल्ले शतक प्रहार गरेका छन् ।
योसँगै कप्तान ज्ञानेन्द्र टी–ट्वान्टी अन्तराष्ट्रियमा शतक बनाउने दोस्रो खेलाडी बनेका छन् । यस अघि पारस खड्काले मात्र शतक बनाएका थिए। मल्लले ५५ बल खेल्दै १०७ रन बनाएर आउट भए । उनले पाँच चौका र ९ छक्का प्रहार गरे । यस अघि पारस खड्काले ५७ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए ।
नेपालले भुटानलाई २३७ रनको विजयी लक्ष्य दिएको दिएको छ । नेपालले पुरै २० औं ओभर खेल्दै ३ विकेटको क्षतिमा २३६ रन बनायो । नेपालका लागि दिपेन्द्रसिंह ऐरीले विष्फोटक पाली खेल्दै २७ बलमा ४५ रन बनाए । भुटानका कर्मा दोर्जेले २ विकेट लिए ।





