साइकिलिङमा दुई स्वर्ण, नेपालको स्वर्ण संख्या २७ पुग्यो


१८ मंसिर २०७६, बुधबार १४:५७ मा प्रकाशित

काठमाडौं‍। १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत साइक्लिङ डाउनहिलमा नेपालले दुई स्वर्ण जितेको छ । यससँगै नेपालले जितेको स्वर्ण पदकको संख्या २७ पुगेको छ ।

बुधबार भएको प्रतिस्पर्धामा पुरुषतर्फ राजेश मगर र महिलातर्फ निश्मा श्रेष्ठले स्वर्ण पदक जितेका हुन् । यस्तै नेपालका निरभ श्रेष्ठले पुरुषतर्फ र महिलातर्फ जमुना थापाले रजत पदक जितेका छन् ।

नेपाललाई बुधबार नै कराँतेमा अनुपमा मगर र उसुमा दीपक हमालले स्वर्ण पदक दिलाएका छन् । मंगलबारसम्म नेपालले २३ स्वर्ण पदक जितेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here