साग खेलकुदः फुटबलदेखि कबड्डीका खेलहरु आज हुने


१८ मंसिर २०७६, बुधबार १०:१७ मा प्रकाशित

काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता साग अन्तर्गत आज पनि विभिन्न खेलहरु हुँदैछन् ।

पुरुष फुटबलमा नेपालले आज श्रीलंकासँग प्रतिष्पर्धा गर्दैछ । खेल साँझ ५ बजे दशरथ रंगशालामा हुनेछ । पहिलो खेलमा हिजो भुटानविरुद्ध ४–० शानदार जीत निकालेको नेपाली टोली आज पनि उच्च मनोबलका साथ मैदान उत्रनेछ । त्रिवी क्रिकेट मैदान किर्तिपुरमा हुने पुरुष टि ट्वेन्टी क्रिकेटमा आज बिहान ९ बजे बंगलादेश र माल्दिभ्स तथा दिउँसो १ बजे श्रीलंका र भुटान भिड्नेछन् ।

पोखरामा भइरहेको महिला क्रिकेटमा नेपालले बंगलादेशसँग प्रतिष्पर्धा गर्दैछ । नेपालले पहिलो खेलमा माल्दिभ्सविरुद्ध १० विकेटको शानदार जित दर्ता गरेको थियो । बंगलादेशले पहिलो खेलमा श्रीलंकालाई हराएको थियो । आज हुने अर्को खेलमा श्रीलंका र माल्दिभ्स भिड्नेछन् । करातेमा आज ४ स्वर्ण पदकको छिनोफानो हुनेछ । कुमुते पुरुष ५० केजी र महिला ६८ केजी तथा दुवैतर्फ टिम कुमुतेका खेलहरु हुनेछन् ।

अहिलेसम्म नेपालले ९ स्वर्ण जितेको करातेका खेल आजदेखि सकिँदैछन् । तेक्वन्दोमा आज थप ६ वटा स्वर्णपदकका लागि प्रतिष्पर्धा हुनेछ । उसुको गिरोगीतर्फ आज दुई स्वर्ण पदकको टुंगो लाग्नेछ । आज ब्याडमिन्टनका क्वाटरफाइनल खेल हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here