आफ्नै साथीमाथि गोली चलाउँदा २ जनाको मृत्यु, ३ को अवस्था गम्भीर


२९ कार्तिक २०७६, शुक्रबार ११:३६ मा प्रकाशित

अमेरिका । अमेरिकाका दक्षिण क्यालिफोर्नियास्थित उच्च माध्यामिक विद्यालयमा एक विद्यार्थीले आफ्ना ५ साथीमाथि गोली चलाएका छन् ।

घटनामा १६ वर्षकी एक किशोरी र १४ वर्षीय एक किशोरको मृत्यु भएको छ भने बाँकी तीनजनाको अवस्था गम्भीर छ । आफ्नो जन्मदिनको दिन ती विद्यार्थीले कम्मरमा पेस्तोल बोकेर विद्यालय गएको र १६ सेकेन्डभित्रमा पाँच जना साथीमाथि गोली चलाएको प्रहरीले जनाएको छ । साथीमाथि गोली चलाएपछि उनले आफूमाथि पनि गोली चलाएका थिए । लस एन्जल्सका एक अधिकारीले गोली चलाउने नथानेल बेर्हो नामका विद्यार्थीको अवस्था पनि गम्भीर रहेको बताएका छन् ।

बिहान कक्षा सुरु हुनुभन्दा अघि नै उनले गोली चलाएको र गोली चलेको थाहा पाउनासाथ अधिकांश विद्यार्थीहरु भागेको अधिकारीहरुले जनाएका छन् । प्रहरीले घटनामा कुनै आतंकवादी संगठनको हात नरहेको अनुमान गरेका छन् । विद्यार्थीबीचको आपसी टसलका कारण गोली चलेको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here