प्रधानमन्त्री ओली र बंगलादेशका राष्ट्रपति हमिदबीच भेटवार्ता


२७ कार्तिक २०७६, बुधबार १६:४३ मा प्रकाशित

काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद र प्रधानमन्त्री केपी शर्मा ओलीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

मंगलबार नेपाल भ्रमनमा आउनुभएको बंगलादेशका राष्ट्रपति अब्दुल हमिदले प्रधानमन्त्री ओलीसंग बुधबार होटल मेरियटमा भेटवार्ता गरेका हुन् । भेटमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, उद्योग वाणिज्य तथा आपर्ति मन्त्री मातृका यादव लगायत उपस्थिती भएका थिए । राष्ट्रपति हमिदले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभापति शेरबहादुर देउवासँग पनि भेट गरिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here