महोत्तरीमा सिके राउतको पार्टीबाट उम्मेदवारी


२७ कार्तिक २०७६, बुधबार १६:०७ मा प्रकाशित

महोत्तरी । निर्वाचन प्रक्रियामा पहिलो पटक होमिएको डा सिके राउत नेतृत्वको पार्टीबाट महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष पदमा हुने उपनिर्वाचनमा एक महिलाले उम्मेदवारी दिएकी छिन् ।

गाउँपालिकाको अध्यक्ष पदमा डा सिके राउत नेतृत्वको जनमत पार्टीबाट पिपरा गाउँपालिका–५ स्थायी घर भएकी अञ्जनीदेवी मण्डलले उम्मेदवारी दिएको सो पार्टीका महोत्तरी जिल्ला इन्चार्ज सञ्जय यादवले बताए । उम्मेदवार मण्डल सो पार्टीको तर्फबाट ‘लाउडस्पिकर’ छाप लिएर चुनावी मैदानमा उत्रिएकी छिन् । पहिलो पटक पार्टी चुनावमा आएको र केही अलग गर्ने उद्देश्य रहेको बताउँदै उम्मेदवार मण्डलले आफ्नो पार्टीले चुनाव जित्ने जिकिर गरिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here