विपक्षी सिनेटले आफैंले अन्तरिम राष्ट्रपति घोषणा गरेपछि बोलिभियाको संसदमा विवाद


२७ कार्तिक २०७६, बुधबार ११:३० मा प्रकाशित

काठमाडौं । बोलिभियाकी विपक्षी सिनेटर जीनाइन अनेजले आफैंलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेका छन् ।

निर्वाचनमा धाँधली भएको आरोपमा व्यापक विरोध प्रदर्शन भएपछि राष्ट्रपति इभो मोरालेजले गएको आइतबार  राजीनामा दिएका थिए । विपक्षी सिनेटरले आफूलाई राष्ट्रपति घोषणा गर्न आयोजित सिनेटको बैठक मोरालेजको पार्टीका विधायकहरुले बहिस्कार गरेको बीबीसीले जनाएको छ । तर, ती सिनेटरले आफू संविधानअनुसार राष्ट्रपतिको दावेदार भएको जनाउँदै चाँडै निर्वाचन गराउने बताएका थिए ।

सो घोषणालाई पूर्व राष्ट्रपति  मोरालेजले भने आलोचना गरेका छन् । आफ्नो जीवन असुरक्षित भएको भन्दै मोरालेज मेक्सिको तर्फ गएका छन् । उनले शरण मागेपछि मेक्सिकोले शरण दिएको थियो । मोरालेजले गत आइतबार राष्ट्रपति पदबाट राजीनामा दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here