म्यानचेस्टर युरोपा लिगको नकआउट चरणमा प्रवेश


२२ कार्तिक २०७६, शुक्रबार ११:३० मा प्रकाशित

काठमाडौं । म्यान्चेष्टर युनाइटेड युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

बिहीबार समूह एलको खेलमा सर्बियन क्लब पार्टिजन बेलग्रेडलाई ३–० गोल अन्तरले हराउँदै युनाइटेड नकआउट चरण प्रवेश गरेको हो । युनाइटेडलाई जित दिलाउन ग्रिनउड, एन्थोनी मार्टियल र रासफोर्डले समान एक–एकगोल गरेका थिए। खेलमा अग्रता युनाइटेडले ग्रिनउडको गोलबाट २१ औं मिनेटमा लिएको थियो । मार्टियलले ३३ औं मिनेटमा युनाइटेडको अग्रतालाई दोब्बर बनाएका थिए । मार्कुस रासफोर्डले ४९ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई ३–० को शानदार जित दिलाए । समूह एलमा शीर्ष स्थानको युनाइटेड ४ खेलबाट १० अंक जोड्न सफल भएको छ । उसले बेलग्रेडसंग ६ अंकको अग्रता लिन सफल भयो । म्यानचेस्टर युनाइटेडले युरोपा लिगमा पछिल्ला १५ खेलमा हार ब्यहोरेको छैन् । यो

खेलीरहेका टीममा सर्वाधिक लामो अपराजित यात्रा हो । बेलग्रेडले इंग्लिस टिम विरुद्ध खेलेका युरोपियन प्रतिस्पर्धामा १० अवे खेलमध्ये आठमा हार ब्यहोरेको छ । म्यानचेस्टर युनाइटेडले आफ्नो घरेलु मैदानमा पछिल्ला ६ खेलमा अपराजित रहन सकेको छ । जुन प्रशिक्षक ओले गुनार सोल्सायरको नेतृत्वमा सर्वाधिक लामो पराजयविहीन यात्रा हो । मार्कुस रासफोर्डले वल्डट्राफोर्डमा जारी सिजन पछिल्ला सातमध्ये पाँच खेलमा गोल गरेका छन् । अघिल्लो सिजन उनले २३ घरेलु खेलमा केबल चार गोल मात्र गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here