उपनिर्वाचनलाई लक्षित गर्दै पोखरामा बम विष्फोट


२१ कार्तिक २०७६, बिहीबार ११:५८ मा प्रकाशित

कास्की । जिल्ला निर्वाचन कार्यालय कास्कीको नजिकै रहेको टुरिष्ट बसर्पाक भित्र टाइम बम बिस्फोट भएको छ ।

बिस्फोटबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । बसपार्क जिल्ला निर्वाचन कार्यालयबाट मात्र २ सय मिटरमा रहेको छ । उप निर्वाचनका लागि आज कास्कीमा नेकपा, काँग्रेस, विवेकशीललगायतले मनोनयन दर्ता गरिरहेका छन् ।

त्यसैको बिरोध गर्दै बम राखिएको हुनसक्ने प्रहरीले जनाएको छ । विस्फोटको जिम्मा हालसम्म कसैले लिएको छैन । विस्फोटपछि जिल्ला निर्वाचन कार्यालयमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here