आज रुपन्देहीको गोर्खा ब्वाइज एफसी र काठमाडौँको चर्च ब्वाइज युनाइटेड आमनेसामने हुँदै


२१ कार्तिक २०७६, बिहीबार ११:३० मा प्रकाशित

झापा । झापाको बिर्तामोडमा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपमा आज रुपन्देहीको गोर्खा ब्वाइज एफसी र काठमाडौँको चर्च ब्वाइज युनाइटेड आमनेसामने हुदैछन् ।

खेल दिउँसो २ः३० बजेपछि बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । यी दुई टोलीबीचको विजयी टोली सेमीफाइनलमा प्रवेश गर्नेछ । जारी प्रतियोगितामा दुवै टोलीको यो पहिलो खेल हो । १० टिमले सहभागिता जनाएको प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, सिक्किम आक्रमण र नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । आजको खेलबाट सेमी समिकरण पूरा हुनेछ । प्रतियोगिताको विजेताले नगद १२ लाख ५० हजार पुरस्कार र उपविजेताले ६ लाख २५ हजार रुपैयाँसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् । गोल्डकपको उत्कृष्ट खेलाडीले एउटा मोटरसाइकल प्राप्त गर्नेछ ।

प्रतियोगिताको उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्ड र उदियमान खेलाडीले जनही १५ हजार रुपैंयाँ नगद पुरस्कार पाउनेछन् । हरेक खेलको म्यान अफ दि म्याचले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here