६ लाख ७८ हजार नगदसहित ८ जुवाडे नियन्त्रणमा


११ कार्तिक २०७६, सोमबार १२:४५ मा प्रकाशित

लमही । दाङको लमहीबाट ६ लाख ७८ हजार नगदसहित ७ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । सोमबार बिहान अन्दाजी १ बजेको समयमा उनीहरुलाई नगद ६ लाख ७८ हजारसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

दाङको लमही-५ लमही बजार बस्ने बर्ष ४८ को रत्न प्रसाद श्रेष्ठको घरमा जुवा तास र कौडा खेलिरहेका गोप्य सूचनाका आधारमा लमही प्रहरीले रत्न प्रसाद श्रेष्ठ सहित ८ जनालाई नियन्त्रणमा लिएको हो। उनीहरुका साथबाट प्रहरीले १३ गड्डी नखोलेको तास, ३ गड्डी खोलेको तास, कौडा थान(३२ समेत बरामद गरेको छ।

उनीहरुलाई ९जुवा सम्बन्धी० कसुरमा मुद्दा दर्ता भई आवश्यक कारवाही अगाडी बढाइने प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here