नेपाल विद्युत् प्राधिकरणको लामोसाँघु सब-स्टेशनमा आगलागी


१० कार्तिक २०७६, आईतवार १४:१७ मा प्रकाशित

सिन्धुपाल्चोक । नेपाल विद्युत् प्राधिकरणको लामोसाँघुस्थित सब–स्टेशनमा भीषण आगलागी भएको छ ।

मध्यान्ह १२ बजेर २३ मिनेटमा सब–स्टेशनभित्रको एउटा ट्रान्सफर्मर पड्किएर आगलागी भएको हो । सब–स्टेशनमा भीषण आगलागी भएपछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली आगो नियन्त्रणमा खटिएको थियो ।

सब–स्टेशन भित्रको आगो करिब एक घण्टाको प्रयासपछि नियन्त्रणमा आएको छ । आगलागीबाट भएको क्षतिको एकीन विवरण प्राप्त भइसकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here