असंलग्न राष्ट्रको सम्मेलनमा सहभागी भएर स्वदेश फर्किए प्रधानमन्त्री


१० कार्तिक २०७६, आईतवार १२:२५ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । अजरबैजानको बाकुमा आयोजित असंलग्न राष्ट्रहरूको १८ औं शिखर सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री ओली आइतबार बिहान स्वदेश फर्किएका हुन् ।

कतार एयरवेजको नियमित उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारका उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, नेकपा नेता सुवास नेम्वाङलगायतले विमानस्थलमा स्वागत गरेका थिए । विमानस्थलमा ओर्लिएपछि प्रधानमन्त्री ओलीले अहिले प्रेस मिट गरिरहेका छन् ।

प्रधानमन्त्री ओली गत बिहीबार पत्नी राधिका शाक्यसँगै प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राईलगायत २१ सदस्यीय टोलीको नेतृत्व गर्दै बाकु प्रस्थान गरेका थिए । सम्मेलनको दौरानमा उनले विभिन्न सत्रहरूमा सम्बोधन गर्नुका साथै विभिन्न देशका राष्ट्रध्यक्ष एवं राष्ट्र प्रमुखहरूसँग भेटवार्ता गरेका थिए ।

विश्वका विभिन्न देशहरूले असंलग्न परराष्ट्रनीति अंगाल्दै आइरहेका छन् । यस्तो नीति अगाँल्दै आएका नेपाललगायतका देशहरू संगठित हुँदै गतिविधि सञ्चालन गर्दै आइरहेका छन् । यस वर्षको शिखर सम्मेलन पनि फलदायी भएका असंलग्न नीति अगाल्दै आएका राष्ट्रहरूको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here