जुवाखालबाट दुई करोड ६७ लाखसहित २५ जना जुवाडे पक्राउ


१० कार्तिक २०७६, आईतवार १३:१५ मा प्रकाशित

काठमाडौं । प्रहरीले काठमाडौंको महाराजगञ्जबाट शनिबार राति २ करोड ६७ लाख रुपैयाँसहित २५ जना जुवाडेलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा उच्च पदस्थ, ठेकेदार र व्यापारीहरु रहेका छन् । एकजना पूर्वराज्यमन्त्री इन्द्र बानियाँ पक्राउ परेको बताए पनि उनैले त्यसको खण्डन गरेका छन् । महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी उत्तम सुवेदीका अनुसार पक्राउ परेका जुवाडेहरुमा क्यासिनो किङका रुपमा परिचित बले भनिने बलराम सापकोटा, शोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल र सोदेल कार्की रहेका छन् ।

पक्राउ पर्ने अन्यमा पवन अग्रवाल, पवित्रकुमार कार्की, बलराम सापकोटा, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ, हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामा रहेका छन् । पक्राउ परेकामध्ये बलराम सापकोटाको काठमडौं, भारत र श्रीलंकामा पनि क्यासिनो रहेको छ । उनीहरुबाट बरामद नगर महानगरीय प्रहरी परिसर काठमाडौंमा लगेर गनिएको छ । सुवेदीका अनुसार काठमाडौँ महानगरपालिका–३ पीपलमार्गस्थित विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here