काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आज चीन तर्फ प्रस्थान गरेका छन् ।
आइटीएफ ग्रेड वान टुर्नामेन्ट अन्तर्गत आइटीएफ सेनजेन सिनियर्स सर्किट २०१९ प्रतियोगितामा भाग लिन थापा आज त्यस तर्फ प्रस्थान गरेका हुन् । पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाका साथमा श्रीमती प्रलिता थापा पनि रहेकी छिन् । अध्यक्ष थापा कार्तिक १४ गते स्वदेश फर्कने राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।





