अवैध माटो उत्खननमा संलग्न १ दर्जन ट्रिपर र ट्रयाक्टर नियन्त्रणमा


४ कार्तिक २०७६, सोमबार १८:३० मा प्रकाशित

विराटनगर । विराटनगर र दुहबीको सिमाना भएर बग्ने केशलिया खोलामा अवैध माटो उत्खननमा संलग्न १ दर्जन ट्रिपर र ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिशेष सूचनाको आधारमा पुगेको प्रहरीले विराटनगर ४ इक्राही र सोहि खोलाको पारिपट्टि रहेको दुहबी नगरपालिकाको वडानम्बर १२ बुगडरीबाट उत्खननमा प्रयोग गरिएका ट्रयाक्टर र टिपर नियन्त्रणमा लिएको हो । इकराही उत्तर पश्चिममा विराटनगर ४ र दुहबी १२ जोड्ने पुलकै नजिकबाट स्काभेटर प्रयोग गरेर खोलामै उत्खनन भइरहेको फेलापरेपछि ती सवारीसाधन नियन्त्रणमा लिइएको मोरङ प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठको कमाण्डमा गएको प्रहरीले सो ठाँउबाट ७ थान टिपर, एउटा स्काभेटर र ४ वटा ट्रयाक्टर नियन्त्रणमा लिएको हो । पुल वरिपरि ५ सय मिटरसम्म उत्खनन गर्न नपाइने भएपनि ३ सय १० मिटर भित्रै अवैधरुपमा उत्खनन गर्दै गरिएको फेला परेपछि नियन्त्रणमा लिइएको मोरङ प्रहरीले जनाएको छ ।
टिपर र स्काभेटर सुनसरी क्षेत्रबाट नियन्त्रणमा लिइएकाले थप कारवाहीका लागि त्यहाँको प्रहरी कार्यालय पठाइएको छ भने विराटनगर ४ बाट नियन्त्रणमा लिइएका ट्रयाक्टरहरु विराटनगर महानगरपालिकामा बुझाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here