किराँत राईहरुको सस्कारमा आधारित ‘नाक्छोङ’ को ट्रेलर रिलिज कार्यक्रम सम्पन्न


३० मंसिर २०८२, सोमबार २०:५८ मा प्रकाशित

बिर्तामोड । किराँत राईहरुको संस्कारमा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘नाक्छोङ’ को ट्रेलर आइतबार इटहरी स्थित ईलाइट सिनेमा हलमा रिलिज गरिएको थियो । ट्रेलरमा बाबुको मृत्युपछि छोराले बुवाको अन्तिम संस्कारका लागी नाक्छोङ ( बिजुवा ) को खोजीमा गर्नु परेको संघर्ष र पलायन हुदै गइरहेको रितीरिवाजले उत्पन्न सामाजिक दन्दलाई देखाउन खोजिएको छ ।

किराण राईको लेखन तथा निर्देशन रहेको ‘नाक्छोङ’को निर्माताको रुपमा ज्योतिराज राई रहनु भएको छ । यस अघि नै बेलायतका बिभिन्न शहरहरुमा प्रदर्शन भइसकेको ‘नाक्छोङ’लाई त्यहाँका गोर्खाली दर्शकहरुले असाध्यै मन पराइदिनु भएको थियो । ट्रेलरमा प्रदर्शन मिति तय नगरिए पनि चाडै नै नेपाली दर्शकहरु बीच यो चलचित्र प्रदर्शन गर्ने निर्देशक राईले बताउनु भयो ।

निर्देशक राई आफ्नो स्वर्गिय बुवालाई याद गर्दै भन्नु हुन्छ “यो मेरो आफ्नै भोगाइबाट निस्किएको कथा हो । “बुबाको मृत्युपछि नाक्छोङ खोजीको लागी गर्नु परेको संघर्ष र किरात राईहरुको रितीरिवाज अनि संस्कारमा आइरहेको परिवर्तनले नाक्छोङहरु लोप हुदै गइरहेको महशुषले गर्दा पनि यो कथा भन्नु पर्छ भन्ने उहाँलाई त्यहि बेला लागेको रहेछ । उहाँ भन्नुहुन्छ “दर्शकहरुले पुरै फिल्म हेरेपछि नाक्छोङको बिषयमा अझ बिस्तृत रुपमा बुज्नु हुनेछ ।”

भुवन सिंह राईको मुख्य भुमिका रहेको यस चलचित्रमा, यासेली योङ्हाङ, सागर केरुङ ,बबिन राई ,शुष्मा सुब्बा गुरुङ, सारा राई, ताया हाङ राई, अनुशा राई, सरोज राई, उत्तम राई, पुर्ण लिम्बु, त्रिचु राई, दिनेश कोइराला, हेम दिलुङ्छा राई, उदय शुब्बा कुरुङ्बाङ, बिनोद पोमो , तुलशा लिम्बु , मदन खोदूङ राई ,ससिता राइर्, रसा लिम्वू , मीसन बान्तावा राई र बाल कलाकार जेशन राई लगायतको अभिनय रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here