पार्टीबाट बिदा लिएमात्रै केपी ओलीको सम्मान बढ्छः कर्ण थापा


२३ मंसिर २०८२, सोमबार १४:५७ मा प्रकाशित


काठमाडौं ।
 नेकपा एमालेका नेता कर्ण थापाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट बिदा लिनुपर्ने बताउनुभएको छ । 


नेकपा एमालेको ११ औँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका ईश्वर पोखरेल पक्षधरहरूले सोमवार आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले देश, जनता र पार्टीका सर्मथक, सुवेच्छुकहरुको भावना बुझेर नेतृत्वबाट विदा लिनुपर्ने बताउनु भयो ।

ओलीले नेतृत्वबाट बिदा लिएमा सम्मान बढ्ने उहाँको दाबी छ । नेतृत्वबाट बिदा लिएमा ओलीले गरेका महत्वपूर्ण योगदानलाई जनताको बीचमा स्थापित गर्न सकिने उहाँले बताउनु भयो । ओलीले बिदा नलिएमा भने सिंगो पार्टी र कम्युनिष्ट आन्दोलन नै समाप्त हुने उहाँको भनाई छ । उहाँले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनले नेतृत्व मात्रै चयन नगरी कम्युनिष्ट आन्दोलनको दिशा समेत तय गर्नेहुँदा स्वस्थ र स्वच्छ प्रतिस्पधौ हुनुपर्ने बताउनु भयो । 

उहाँले केपी ओलीको सान्दर्भिकता अब पार्टीमा सक्किएको दोहो¥याउनु भयो । केही भजनमण्डलीहरु तयार पारेर आफूबाहेक अरु कोही सक्षम छैन भन्ने प्रचार नगर्न पनि उहाँले आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here