सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले बढ्यो


४ मंसिर २०८२, बुधबार ११:२९ मा प्रकाशित

बुधवार सुनको मूल्यमा उच्च वृद्धि भएको छ । सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघकाअनुसार मंगलवार २ लाख ३९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन बुधवार बढेर २ लाख ४२ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

महासंघकाअनुसार चाँदीको मूल्यमा समेत उच्च वृद्धि भएको छ । चाँदी आज प्रतितोला ६० रुपैयाँले बढेर ३ हजार १ सय ५० रुपैयाँ कायम भएको छ । मंगलवार चाँदी ३ हजार ९० रुपैयाँमा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here