आज नेपाली बजारमा सुनको भाउ ३ हजार ८ सय रुपैयाँले घटेको छ । हिजो (सोमवार) ५ सय रुपैयाँले घटेको सुन मंगलवार ३ हजार ८ सयले घटेको हो । नेपाल सुन–चाँदी व्यवसायी महासंघकाअनुसार मंगलवार ३ हजार ८ सय रुपैयाँले घटेर एक तोला सुनको मूल्य २ लाख ३९ हजार ५ सय कायम भएको छ ।
सोमवार एक तोला सुन २ लाख ४३ हजार ३ सयमा खरिदविक्री भएको थियो । सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ । आज एक तोला चाँदी ३ हजार ९० रुपैयाँमा खरिदविक्री भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी ३ हजार १ सय ५५ रुपैयाँमा कारोबार भएको थियो । नोट–नेपाल सुनचाँदी व्यवसायी महासंघले उपलव्ध गराएको तथ्यांकमा आधारित समाचार हो । आफू अनुकुल प्रयोग गर्न सक्नुहुनेछ ।






