पीडाले मान्छे विद्रोही बन्छ, हामीले पीडा दिनुहुँदैन– अर्थमन्त्री खनाल


२ मंसिर २०८२, सोमबार १३:३६ मा प्रकाशित


अर्थमन्त्री रामेश्वर खनालले राजस्व प्रणालीमा गरिएको योगदान र सुशासनको स्थापनाले समतामूलक समाज निर्माण गर्न सकिने बताउनुभएको छ । 


कर दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै खनालले आम नागरिकको विकास चाहना पूरा गर्नसके समाजमा आफँै शान्ति कायम हुने बताउनुभएको हो । उहाँकाअनुसार समाजमा कसैले आफू पाखा पारिएको छु भन्ने महसुस हुन  दिनु हुँदैन ।

राज्यले सामाजिक सुरक्षासहित विकासमा पहुँच र आर्थिक अवसर उपलब्ध गराएको छ भन्ने धारणा निर्माण हुनुपर्छ । नागरिकले यस्तो अनुभुति गर्न पाए मात्र सरकार वा निजी क्षेत्रप्रति विद्रोह उत्पन्न हुनेछैन ।उहाँकाअनुसार असन्तुष्टि पोखिदाँ जेनजी आन्दोलन भएको हो । विभिन्न असन्तुष्टि राजनीतिक क्षेत्रदेखि समाजसम्म अवसर नपाएको, मुलुकभित्र आर्थिक गतिविधि गर्न नपाएको र रोजगारीको अभाव तथा पलायनको पीडाले मानिस विद्रोही बन्दै गएको उहाँको भनाइ छ । 


उहाँकाअनुसार समाजमा कहिलेकाहीँ मानिसहरू बरालिन सक्छन् वा विभिन्न कारणले विद्रोहमा उत्रन सक्छन्, त्यसका लागि सुरक्षा आवश्यक हुन्छ । तर दीर्घकालीन शान्ति र व्यवसायिक वातावरणका लागि सदाचार, अनुशासन र सुशासन अत्यावश्यक भएको उहाँको भनाइ छ ।

खनालले निजी क्षेत्र संकटका बाबजुत पनि पुनः उठ्ने मनोबलमा राख्नु सकारात्मक रहेको बताउनु भयो । सुरक्षा प्रबन्धका लागि कुनै कसर बाँकी नराख्ने उहाँको भनाइ रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here