नेपालले विश्व बैंकबाट एक अर्ब १३ करोड कार्बन अनुदान पाउने


१ मंसिर २०८२, आईतवार १०:४१ मा प्रकाशित

काठमाडौं- नेपालले विश्व बैंकबाट एक अर्ब १३ करोड रुपैयाँ अनुदान पाउने भएको छ । फरेष्ट कार्बन साझेदारी परियोजना अन्तर्गत नेपालले उक्त अनुदान पाउन लागेको हो ।

विश्व बैंकका अनुसार नेपालले १.८८ मिलियन टन कार्बन डाईअक्साईड घटाएबापत सो अनुदान पाउन लागेको हो । नेपालको तराईको क्षेत्रमा रहेको जंगलबाट ठूलो मात्रामा कार्बन उत्सर्जन गरे बापत आर्थिक सहयोग पाउँदै आएको छ । वन पैदावरको दीगो विकासको क्षेत्रमा सामुदायिक परियोजना अन्तर्गत नेपालले गरेको प्रगतिमा विश्व बैंकले उक्त अनुदान प्राप्त गरेको हो ।

उक्त रकम वन विकासको क्षेत्रमा काम गर्ने संस्थाहरुलाई सरकारले उपलब्ध गराउनेछ । नेपाल सरकारले लागू गरेको कार्बन उत्र्सजनमा योगदान गर्ने सरोकारवाला संस्थाहरु देखि आदिबासी जनजाति, स्थानीय सरकार लगायतलाई उक्त अनुदान रकम वितरण गरिनेछ ।

एफसिपिएफ परियोजना सरकार, सरोकारावाला निकाय, आदिबासी जनजाति, नागरिक समाज र निजि क्षेत्रलाई एक ठाउँमा उभ्याउने विश्व बैंकद्वारा सञ्चालित साझा परियोजना हो । यसले वनको विकास र पुर्नस्थापनापनामा कार्य गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here