प्रधानमन्त्रीलाई एमाले सचिव विश्वकर्माको प्रश्नः अपराधमा संलग्नहरुलाई कारबाही गर्नु पर्दैन ?


३० कार्तिक २०८२, शनिबार १७:०६ मा प्रकाशित


नेकपा (एमाले)का सचिव एवं पूर्वमन्त्री छविलाल विश्वकर्माले जेन–जी आन्दोलनमा अपराधिक गतिविधिमा संलग्नहरुलाई सरकारले तत्काल कारबाही गर्नुपर्ने माग गर्नुभएको छ । 


शनिवार वुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले जेनजी आन्दोलनमा घुसपैठ भई मुलुकमा गुण्डागर्दी गर्ने, निजी तथा सार्वजनि सम्पतीलाई धराशायी बनाउनेहरुलाई सरकारले अझै कारबाहीको दायरामा ल्याउन नसकेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।

सचिव विश्वकर्माले जेलबाट भागेका कैदीहरुलाई नियन्त्रणमा लिने काम समेत नगरेको भन्दै प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको आलोचना समेत गर्नुभयो । 

सचिव विश्वकर्माले मुलुकलाई संकटबाट पार लगाउन आफ्नो पार्टीले सक्दो पहल गरिरहेको जिकीर समेत गर्नुभयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here